१९ बैशाख २०८१, बुधबार
Follow Us

लोकतान्त्रिक समूह विजयी

sarusaru
४ भाद्र २०७५, सोमबार ०२:३७

पोखरा – पोखरा उच्च अदालत बार एशोसिएशनमा रोहितराज बाँस्तोला नेतृत्वको लोकतान्त्रिक समूह विजयी भएको छ । एशोसिएशनको उपाध्यक्षमा उत्तम केसी, सचिवमा विनोद रेग्मी, सहसचिवमा मीनाकुमारी रानाभाट र कोषाध्यक्षमा माधवी पाण्डेय विजयी हुनुभएको छ ।

त्यस्तै एशोसिएशनको सदस्यमा दुर्गाप्रसाद कोइराला, हरिबहादुर भुजेल, ईश्वर चिलवाल, दीपेन्द्र अर्याल, गीताकुमारी लामिछाने, सन्तोषमणि लामिछाने, लेखनाथ सापकोटा र हेमराज बराल विजयी हुनुभएको छ । लोकतान्त्रिक समूह र प्रगतिशील समूहबीच उच्च अदालतको बार एशोसिएशनको निर्वाचनमा प्रतिस्पर्धा भएको थियो ।
रासस