१६ बैशाख २०८१, आईतवार
Follow Us

हराएकी १४ वर्षिया बालिका मृत फेला, बलात्कारपछि हत्या गरिएको आशंका

नेपालब्रिटेन संवाददाता
९ भाद्र २०७५, शनिबार ०९:३५

पोखरा । तीन दिनदेखि बेपत्ता पोखराकी एक बालिका मृत फेला परेकी छन् । पोखरा महानगरपालिका १९ लामौचौरकी१४ वर्षिया वालिका पुष्पा केसी घरबाट हराएको तीन दिनपछि मृत अबस्थामा भेटिएकी हुन । बुधबार विद्यालयबाट घर फर्कने क्रममा बसबाट ओर्लिएपछि उनी वेपत्ता भएकी थिइन ।
केसीको शव सोही वडाको फापरतरोको झाडीमा शुक्रबार साँझ फेला परेको हो । स्थानीयले बालिकाको झोला र शव भेटिएको स्थानको आधारमा बलात्कारपछि हत्या भएको हुनसक्ने आशंका गरेका छन् । घटनाको बारेमा अनुसन्धान भैरहेको प्रहरीले जानकारी दिएको छ ।