९ भाद्र २०८२, सोमबार
Follow Us

आज साढे दुई घण्टा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द

nepalbritain news
१४ भाद्र २०७५, बिहीबार ०३:२२

काठमाडौं । आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने उडान र अवतरण साढे दुई घण्टा बन्द हुने भएको छ।

बिमस्टेक सम्मेलनमा भाग लिन आउने विशिष्ट पाहुना आउन साढे दुई घण्टा लाग्ने भएका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द हुन लागेको हो।

सम्मेलनमा भाग लिन आज भारत, बंगलादेश र थाइल्याण्डका राष्ट्रप्रमुख काठमाडौं आउँदैछन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, बंगलादेशकी प्रधानमन्त्री शेख हसिना र थाइल्याण्डका प्रधानमन्त्री प्रायुट चान ओ चा काठमाडौं आउन लागेका हुन्।

त्यसैका लागि आज बिहान ८ बजेदेखि झण्डै ११ बजेसम्म त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आन्तरिक र बाह्य कुनै पनि उडान नहुने विमानस्थल कार्यालयले जनाएको छ।

त्यस्तै आजबाट सुरु हुन लागेको २ दिने सम्मेलन सकिएलगत्तै केही देशका सरकार प्रमुख फर्किने भएकाले शुक्रबार बेलुका पनि उडान तथा अवतरण प्रभावित हुने कार्यालयले जनाएको छ।
डिसी नेपाल

धेरै पढिएको