२० बैशाख २०८१, बिहीबार
Follow Us

बिम्स्टेकका राष्ट्राध्यक्ष/सरकार प्रमुखको स्वागत

sarusaru
१४ भाद्र २०७५, बिहीबार ०४:२९

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) मुलुकका राष्ट्राध्यक्ष÷सरकार प्रमुखको स्वागत गर्नुभएको छ ।

आजदेखि राजधानीमा हुने बिम्स्टेकको चौथो शिखर सम्मेलनका सिलसिलामा सदस्य देशका राष्ट्राध्यक्ष एवं सरकार प्रमुख काठमाडौँमा अवतरण गर्नुभएको सन्दर्भमा उहाँहरूलाई ट्वीटमार्फत प्रधानमन्त्रीले हार्दिक स्वागत गर्नुभएको हो ।

प्रधानमन्त्री ओलीले बिम्स्टेकलाई शान्त, दिगो, विकासतर्फ उन्मुख एवं समृद्ध क्षेत्र बनाउन शिखर सम्मेलनबाट उत्प्रेरणा मिल्ने विश्वास व्यक्त गर्नुभएको छ ।
रासस