९ भाद्र २०८२, सोमबार
Follow Us

श्रीलङ्काली राष्ट्रपति आनन्दकुटी विहारमा

nepalbritain news
१७ भाद्र २०७५, आईतवार १३:३७

काठमाडौँ – श्रीलङ्काली राष्ट्रपति मैत्रीपाला सिरिसेना स्वयम्भूस्थित आनन्दकुटी विहारमा जानु भई आज अस्थि धातुको दर्शन गर्नुभयो । राष्ट्रपति सिरिसेनाले स्वदेश फिर्ता हुनुअघि श्रीलङ्का सरकारको रु २१ करोडको सहयोगमा पुनःनिर्माण गर्न लागिएको उक्त विहारको निरीक्षण गर्नुभएको थियो ।

सङ्घनायक भिक्षु अश्वघोष महास्थवीर, विहारका प्रमुख संरक्षक भिक्षु मैत्री महास्थवीर, अखिल नेपाल भिक्षु महासङ्घका महासचिव भिक्षु कौडण्य महास्थवीरलगायतले राष्ट्रपति सिरिसेनालाई विहार तथा त्यस क्षेत्रमा हुने धार्मिक गतिविधिका बारे जानकारी गराउनुभएको थियो ।

सो अवसरमा राष्ट्रपति सिरिसेनालाई बुद्धको प्रतिमा उपहारस्वरुप प्रदान गरिएको थियो भने राष्ट्रपतिले विहारलाई कलात्मक शैलीबाट निर्माण गरिएको चाँदीको कलश प्रदान गर्नुभयो । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास ९बिम्स्टेक० को चौथो शिखर सम्मेलनमा सहभागी हुन राष्ट्रपति सिरिसेना नेपाल आउनुभएको थियो ।
रासस

धेरै पढिएको