बलात्कारका घटनाहरु चर्चामा रहिँरहँदा फेरि अर्को निकै क्रुर बलात्कारको घटना सार्वजनिक भएको छ । घरबाट मन्दिरमा प्रसाद लिन गएकी ७ वर्षकी बालिकालाई निर्घात कुटपिट गरेपछि उनको गुप्तांगमा पानीको पाइप हालिदिएको नघन्य अपराधको घटना सार्वजनिक भएको हो । भारतको राजधानी दिल्लीको सीमापुरी क्षेत्रमा सोमबार यस्तो अपराध भएको भारतीय दैनिक भाष्करले लेखेको छ ।
प्रसाद लिन हिँडेकी बालिकालाई फकाइ फुलाइ बलात्कारीले पार्कमा लिएर गए । बलात्कारी मदिराले लठ्ठ थिए । उनले बालिकालाई बनधक बनाएर बलात्कार गरेपछि निर्घात कुटपिट गरे र पानी सप्लाइ गर्न प्रयोग गरिने प्लाष्टिकको पाइप बालिकाको गुप्तांगमा हालिदिए । यो घटनाले भपूरै भारत हल्लाउने निर्भया काण्डको पीडा पुनः बल्झाएको टिप्पणी गरिएको छ । पुलिसले अभियुक्तलाई पक्राउ गरेको छ ।
डिसी नेपाल