पथरी । मोरङ राजघाट–८ निवासी मिर्गाैलाबाट पीडित हुनुभएकी राधादेवी कटुवालको उपचारका लागि बिहीबार साँझ उर्लाबारीमा सहयोग रकम हस्तान्तरण गरिएको छ । छोरी घर उर्लाबारीमा साउदी अरबबाट छुट्टीमा स्वदेश आएका उर्लाबारी—४ का गोपाल कार्कीले १५ हजार रुपैयाँ मिर्गौैला रोगी कटुवालकै हातमा हस्तान्तरण गर्नुभएको हो । कार्कीले आफ्नो घरगाउँको पीडालाई आफ्नै पीडा सम्झेर सानो सहयोग गरेको बताउनुभयो । कार्कीले आफूले विदेशमा आफू र आफ्नो साथीबाट सहयोग सङ्कलन गरेको बताउनुभयो ।
हस्तान्तरण कार्यक्रममा समाजसेवी कुलबहादुर कार्की, स्थानीय सञ्चारकर्मी तेजन खड्का, न्यानो अभियान उर्लाबारीका प्रतिनिधि ज्ञानु योन्जन लामा, महेन्द्र थेगिम र बिरामीको परिवार तथा छिमेकीको उपस्थिति थियो ।
बिरामीकी छोरी रिताले आफ्नो क्षमताले भ्याएसम्म गरिसकेको र उपचार गर्ने रकम अभावमा आमा जीवनमरणको दोसाँधमा रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “आर्थिक समस्यामा केही मलमपट्टी भए आमाले नयाँ जीवन पाउनुहुने थियो ।” उहाँले आमाको उपचारका लागि सहयोग गर्न पुनः अनुरोध गर्नुभएको छ ।