१८ बैशाख २०८१, मंगलवार
Follow Us

उपत्यकाका ९ स्थानमा यात्रु सहायता कक्ष स्थापना

नेपालब्रिटेन संवाददाता
९ आश्विन २०७५, मंगलवार १४:३९

काठमाडौं । यात्रुहरुको सुविधालाई मध्यनजर गरि महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकाका ९ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरेको छ । कलंकी,स्वयम्भु,नयाँ बसपार्क,सातदोबाटो, गौशाला,चाबाहिल,बल्खु,दक्षिणकाली र जगातीमा यात्रु सहायत कक्ष स्थापना गरिएको हो ।

नजिकिदै गरेको चाडबाडलाई मध्यनजर गरि स्थापना गरिएको सहायता कक्षमा अपराध एवं दुरव्यहार तथा ट्राफिक सम्बन्धी गुनासोहरु राख्न सकिने महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

सहायता कक्षमा यातायात व्यवस्था विभागका कर्मचारी,यातायात व्यवसायी संघका प्रतिनिधी,नागरिक समाजका प्रतिनिधी,ट्राफिक र जनपद प्रहरीका कर्मचारीहरु रहने छन् । अबको केही दिनमै कोटेश्वर,सुन्धारा,बानेश्वर,पुरानोबसपार्क र नागढुंगामा पनि राखिनेछ।