१० भाद्र २०८२, मंगलवार
Follow Us

छपाई बिग्रेका नोट बजारमा

nepalbritain news
४ मंसिर २०७५, मंगलवार ०२:०२

काठमाडौँ । पछिल्लो समय बजारमा छपाइ बिग्रेका नेपाली नोट बढी भेटिन थालेका छन्। त्रुटीपूर्ण रुपमा भेटिएका त्यस्ता नोटमा कुनैमा गभर्नरको हस्ताक्षर छैन, कुनैमा एकातर्फ सादा कागज मात्रै छ भने केहीमा नबुझिने खालको मधुरो प्रिन्ट देखिएको छ। बजारमा भेटिएका त्यस्ता नोटमध्ये धेरैजसो पाँच सय र एक हजार दरका छन्।

‘अघिल्ला वर्ष यस्ता नोट निकै कम मात्र भेटिन्थे,’ वाणिज्य बैंकका एक कर्मचारीले भने, ‘यो वर्ष धेरै भेटिएका छन्।’ पाँच वर्षदेखि निजी बैंकमा काम गर्दै आएका ती कर्मचारीले थपे, ‘विगतमा नक्कली, च्यातिएका, केरमेट भएका नोट धेरै आउँथे, यो वर्ष प्रिन्ट मिस्टेक नोट धेरै भेटिए ।’

सर्वसाधारणले सटहीका लागि ल्याएको नभई बैंकले राष्ट्र बैंकबाट ल्याइएका नोटका बिटामै त्रुटि पूर्ण नोट भेटिएको उनले बताए ।
डिसी नेपाल

धेरै पढिएको