३१ बैशाख २०८१, सोमबार
Follow Us

सरकार एनजीओको नियन्त्रणमा: कांग्रेस प्रवक्ता शर्मा

नेपालब्रिटेन संवाददाता
८ मंसिर २०७५, शनिबार १३:३०

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सरकार ‘एनजीओ’को नियन्त्रणमा रहेको आरोप लगाएको छ । आज पत्रकार सम्मेलन गरेर कांग्रेसले एसिया प्यासिफिक सम्मेलन २०१८ को नाममा सरकार सहआयोजक बन्नुले एनजीओको नियन्त्रणमा रहेको पुष्टि भएको कांग्रेसको आरोप छ । मंसिर १६ र १७ गते काठमाडौंमा हुने एसिया प्यासिफिक सम्मेलनमा सरकार सहआयोजक रहेको छ ।

यसको प्रमुख आयोजक युनिर्भसल पिश फ्रेडिएशन रहेको छ । यो एकनाथ ढकाल आवद्ध रहेको संस्था हो । यो संस्था क्रिश्चियन धर्म प्रचारमा सक्रिय रहदै आएको छ ।

कांग्रेसले धर्म निरपेक्ष मुलुकको सरकार निश्चित धर्मको प्रचारमा लाग्दा मुलुककै स्वाभिमानमा आँच आउने आरोप नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले लगाउनु भयो । एनजीओ नेपाल सरकारको मातहतमा रहनुपर्नेमा सरकार नै एनजीओको मातहतमा रहेको जस्तो देखिएको पनि कांग्रेसको आरोप छ ।