१० भाद्र २०८२, मंगलवार
Follow Us

कालिकोट मदिरा निषेधित जिल्ला घोषणा

nepalbritain news
१३ मंसिर २०७५, बिहीबार ०१:३९

कालीकोट । मदिरा निषेधित गर्न नौ वटै स्थानीय तहका जनप्रतिनिधिले प्रतिबद्धता गरेपछि जिल्ला समन्वय समितिको दोस्रो सभाले जिल्लालाई मदिरा निषेधित घोषणा गर्ने निर्णय गरेको छ।

दोस्रो जिल्लासभाले पारित गरेका १७ वटा निर्यणको आज पत्रकार सम्मेलन गरी सार्वजनिक गर्दै जिल्ला समन्वय समितिका प्रमुख अनिपाल शाहीले अहिलेसम्म मदिरा सेवनकै कारणले समाजमा परेको सामाजिक खलल नहुन दिन मदिरा निषेधित नीति तथा कार्यक्रम पारित गरेको बताए।

सबै स्थानीय तहका जनप्रतिनिधिहरुले आफ्नो नीति तथा कार्यक्रममा मदिरा निषेधित गर्ने निर्यण गरिसकेकाले मदिरा निषेधित घोषणाको मिति तोक्न मात्रै बाँकिरहेको प्रमुख शाहीले बताए।

जिल्लाबाट अवैध तरिकाले जडीबुटी, काठ अवैध चोरी–निकासी हुने गरेकाले जडीबुटी लोप हुने अवस्थामा पुगेको भन्दै जिल्ला सभाले एक वर्षका लागि जडीबुटी निकासीमा रोक लगाइएको छ।
डिसी नेपाल

धेरै पढिएको