१६ बैशाख २०८१, आईतवार
Follow Us

छुरा प्रहार गरेर व्यवसायीको हत्या

नेपालब्रिटेन संवाददाता
१४ मंसिर २०७५, शुक्रबार ०४:४८

घोराही । दाङको घोराहीमा व्यवसायीको हत्या भएको छ । घोराही उपमहानगरपालिका वडा नम्बर–१३ लामीडाँडाको दुधेसोतामा रोल्पा माडी गाउँपालिका ६ कोर्चाबाङ स्थायी घर भएका ४६ वर्षीय नन्दबहादुर घर्तीमगरको छुरा प्रहार गरी हत्या भएको हो ।

छुरा प्रहारबाट घाइते भएका घर्तीलाई उपचारका लागि अस्पताल लगिएको थियो । अस्पताल पु¥याएलगत्तै उनलाई चिकित्सकले मृत घोषित गरेका थिए । घटना स्थलमा घर्तीको शरीरमा प्रहार भएको चक्कु समेत फेला परेको प्रहरीले जनाएको छ ।

घर्तीमगरले घोराही उपमहानगरपालिका –१४ नयाँ बसपार्कको माथिल्लो सेवार पुल नजिकै माडी हार्डवेयर पसल सञ्चालन गर्दै आएका थिए । हिजो साँझ एक जनाले ५ लाख रुपैयाँको हार्डवेयरको सामान खरिद गरेको र २ लाख ५४ हजार रुपैयाँ अपुग भएपछि केही विवाद भएको प्रहरीले जनाएको छ ।