१५ बैशाख २०८१, शनिबार
Follow Us

बेलायतबाट बाहिरिने भन्दा भित्रिनेको संख्या बढी

नेपालब्रिटेन संवाददाता
१४ मंसिर २०७५, शुक्रबार ०४:५७

लण्डन । बेलायतमा सन् २०१८ को जुन महिनामा देशबाट बाहिरने भन्दा भित्रिनेको संख्या धेरै रहेको पाइएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले बिहीबार सार्वजनिक गरेको विवरण अनुसार जुनमा कुल छ लाख २५ हजार जना भित्रिएका छन् भने तीन लाख ५१ हजार जना बाहिरिएका छन् । कार्यालयले बेलायत आउने र बस्नेहरुको संख्या पहिलाभन्दा बढ्दै गएको देखिएको पनि जनाएको छ ।

बेलायत आउनेहरुमा पढ्ने र काम गर्ने उद्देश्य बनाएकाहरु धेरै रहेको अधिकारीहरुले जानकारी दिएका छन् । चीन र भारत लगायतका देशहरुबाट स्नातकोत्तर अध्ययनका लागि आउनेहरुको संख्या पहिला भन्दा अहिले १० प्रतिशतले बृद्धि भएको तथ्याङ्क कार्यालयको भनाई छ ।