१८ बैशाख २०८१, मंगलवार
Follow Us

पार्टी एकीकरणको प्रक्रिया अन्तिम चरणमा : गृहमन्त्री थापा

नेपालब्रिटेन संवाददाता
२७ पुष २०७५, शुक्रबार ०८:३४

काठमाडौं । गृहमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता रामबहादुर थापाले पार्टीको एकता प्रक्रिया छिट्टै टुंगोमा पुग्ने बताएका छन् । नेकपा पर्साले वीरगञ्जमा आयोजना गरेको कार्यक्रममा थापाले पार्टी एकिकरणको बाँकी कामको गृहकार्य गर्न गठित कार्यदलले एकता प्रक्रिया अन्तिम चरणमा पुर्‍याएको बताएका हुन् । कार्यदलको संयोजक समेत रहेका थापाले माघको पहिलो सातासम्ममा एकता पक्रिया टुंगोमा पुग्ने दावि गरे । कार्यक्रममा मन्त्री थापाले निर्मला पन्तको बलात्कारपछि हत्यामा संलग्नलाई कारवाहीको दायरामा ल्याएरै छाडने प्रतिबद्धता जनाए । सरकार अन्याय गर्न नभई अन्यायको अन्त्यको लागि बनेको उनको भनाइ थियो ।