२२ बैशाख २०८१, शनिबार
Follow Us

फेल्थाम हन्स्लो बस्नेलाई छक्का पन्जा हेर्ने अवसर

नेपालब्रिटेन डट कम्
१२ आश्विन २०७३, बुधबार १२:५१

लन्डन । बर्षकै चर्चित चलचित्र ‘छक्का पन्जा’ हन्स्लोस्थित स्ट्यान्समा प्रर्दशन हुने भएको छ । बेलायतमा सार्वजनिक भएसँगै दर्शकहरुको भिड जम्मा गर्न सफल सो चलचित्र ७ अक्टोवर शुक्रवार प्रर्दशनी गरिने बुद्ध रेष्टुरेन्ट एण्ड बारका संचालक किशोर थापाले जनाएका छन् । साँझ ६ बजेबाट शो सुरु हुने थापाले जनाकारी दिए

दीपाश्री निरौलाले पहिलो पटक निर्देशन गरेको चलचित्रको कमेडी संवादले भरिएको छ । दीपकराज गिरी, वुद्धी तामाङ, जीतु नेपाल, केदार घिमिरे, शिवहरी पौडेल लगायतका कलाकारले खुबै हसाएका छन् ।

साथमा प्रियंका कार्की, नम्रता सापकोटा र बर्षा राउत पनि चलचित्रको आकर्षण बनेका छन् । चलचित्रले गरिबी, बेरोजगारीको कथालाई रोचक तरिकाले प्रस्तुत गरिएको छ ।

कुञ्जना घिमिरे, निशान बजगाँइ, सुमन गिरी, केदार घिमिरे, जीतु नेपाल, दीपकराज गिरी, दीपाश्री निरौला, निर्मल शर्माको चलचित्रमा लगानी छ ।