२१ बैशाख २०८३, सोमबार
Follow Us

सशस्त्रका नवनियुक्त आइजिपी पौडेलले पाए दर्ज्यानी चिह्न

नेपालब्रिटेन संवाददाता
२१ बैशाख २०८३, सोमबार ०४:३७

सशस्त्र प्रहरी बलका नवनियुक्त आइजिपी नारायणदत्त पौडेलले दर्ज्यानी चिह्न पाएका छन्।

सोमबार गृहसचिव राजकुमार श्रेष्ठले आइजिपी पौडेललाई दर्ज्यानी चिह्न प्रदान गरेका हुन्।

पौडेललाई वैशाख १४ गते बसेको मन्त्रिपरिषद् बैठकले सशस्त्र प्रहरी बलको १३औं आइजिपीमा नियुक्त गरेको थियो। यसअघिका आइजिपी राजु अर्याल वैशाख १८ गतेदेखि अवकाशमा गएका थिए।

धेरै पढिएको