१० भाद्र २०८२, मंगलवार
Follow Us

तीन पेट्रोल पम्प कारवाहीमा

nepalbritain news
४ माघ २०७५, शुक्रबार ०२:२८

काठमाडौँ । नेपाल गुणस्तर तथा नापतौल विभागले ठगी गर्ने तीन पेट्रोल पम्पलाई कारवाही गरेको छ।

विभागको टोलीले सिल विगारेर पेट्रोल तथा डिजेल बिक्री वितरण गर्ने कृष्ण आयल स्टोर सिमरोनगढ बारा, सोनु आयल ट्रेडर्स तेलकुवा बारा र आयुष आयल स्टोर कभीगोठ बारालाई बिहीबार कारवाही गरेको हो।

विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले बिक्री गर्ने मात्राभन्दा कम मात्रामा तेल बिक्री वितरण गरेकाले कारवाही गरिएको जानकारी दिए। ठगी गर्ने उक्त तीन पेट्रोल पम्पलाई नोजलहरु शिल गरी कारोवार रोक्का गरिएको विभागले जनाएको छ।
रासस

धेरै पढिएको