२१ बैशाख २०८१, शुक्रबार
Follow Us

धुर्मुस–सुन्तलीलाई धोका ? क्रिकेट रंगशाला बनाउन मुद्दा परेको जग्गा

नेपालब्रिटेन डट कम्
१८ माघ २०७५, शुक्रबार ०३:१९

काठमाडौं– सर्वोच्च अदालतमा मुद्दा परेको जग्गामा धुर्मुस–सुन्तली फाउन्डेसनलाई अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको जिम्मा दिइएको खुलासा भएको छ ।
त्रिभुवन विश्वविद्यालयको स्वामित्वमा रहेको ३ सय ५६ बिगाहा जग्गा २०६७ सालमा गठित कृषि तथा बन विश्वविद्यालयले भोगचलन गर्न पाउनुपर्ने दाबीसहित सर्वोच्च अदालतमा मुद्दा हालेको थियो ।
मुद्दाको किनारा नै नलागी भरतपुर महानगरपालिकाले २० बिगाहा ८ कठ्ठा जग्गा रंगशाला निर्माण गर्न सम्झौता गरेको हो ।
फाउन्डेसन र महानगरपालिकाबीच रंगशाला निर्माण गर्न सम्झौता भएपछि विवाद भएको नेपाल समाचारपत्र दैनिकमा खबर छापिएको छ ।