अमेरिकामा गैरकानूनी रूपमा प्रवेश गर्ने आप्रवासीहरूले अब जमानत सुनुवाइका लागि अध्यागमन न्यायाधीशसमक्ष अनुरोध गर्न नपाउने भएका छन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले देशमा गैरकानूनी रूपमा प्रवेश गर्ने आप्रवासीहरूलाई हिरासतमा राख्ने प्रयासलाई तीव्र बनाइरहेको बेला नयाँ नीति घोषणा भएको हो ।
अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार नीति परिवर्तनअघि आप्रवासीहरूले आप्रवासन न्यायाधीशसमक्ष जमानतका लागि अनुरोध गर्न सक्थे । तर, नयाँ नीतिले सो अवसरलाई बन्द गरेको छ । अब पक्राउ परेका मानिसहरुलाई धेरै व्यक्तिलाई लामो समयसम्म हिरासतमा राख्न सकिने भएको छ ।
यो विस्तारित हिरासत नीतिविरुद्ध कानूनी चुनौतीहरू आउने अनुमान गरिएको छ । आप्रवासी अधिकारकर्मीहरूले यो कदम संविधानविपरीत र मानवअधिकारको उलग्ंघन भएको बताएका छन् ।