२६ बैशाख २०८१, बुधबार
Follow Us

एनआरएन शंखमूल पार्क निमार्णमा २ करोड घाटा


२७ माघ २०७५, आईतवार १४:३५

लण्डन । गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्ले निर्माण गरेको शंखमूल पार्क निमार्णमा २ करोड रुपैयाँ भन्दा बढी घाटा भएको छ । शंकमूल पार्क निमार्ण समितिका संयोजक तथा गैरआवासीय नेपाली संघका उपाध्यक्ष कुल आचार्यले गत महिना संघको ६४ औं कार्यसमितिको बैठकमा पेश गरेको प्रतिवेदन अनुसार पार्क निमार्णमा २ करोड २० लाख रुपैयाँ घाटा देखिएको हो ।

प्रतिवेदन अनुसार २ करोड १० लाखको लागतमा सम्पन्न हुनु पर्ने सो परियोजनाको लागत बढेर करिब ३ करोड ५० लाख रुपैयाँ खर्च भएको उल्लेख छ ।

बैठकमा आचार्यले ६० लाख रुपैयाँ संकलन भएको मैखिक प्रतिवेदन पेश गरेका थिए । यसै बीच गैरआवासीय नेपाली संघले ठूला परियोजनामा भएका खर्चहरुको छानवीन गर्न एक उच्चस्तरिय समिति गठन गरेको छ ।