२८ बैशाख २०८१, शुक्रबार
Follow Us

पत्रकार महासंघ बेलायतको बैठक सम्पन्न


२८ माघ २०७५, सोमबार ०८:५२

लण्डन । नेपाल पत्रकार महासंघ बेलायत शाखाको बैठक सम्पन्न भएको छ । आइतबार अल्डरसटमा सम्पन्न कार्यसमिति बैठकले ११ जना सल्लाहकार र १० जना सभासद चयन गरेको छ ।
शाखाको सल्लाहकारमा संस्थापक अध्यक्ष नविन पोखरेल, पूर्व अध्यक्ष चिरन शर्मा, भगिरथ योगी, सोनाम छिरिङ शेर्पा, हरिकाजी गुरुङ, फडिन्द्र भट्टराई, संगिता मरहट्ठा, कुशल श्रेष्ठ, विपिन निरौला, विकलचन्द्र अचार्य र दूत पुन मनोनित भएका छन् ।

त्यस्तै, सभासदमा एभरेष्ट गौतम, बाचस्पति रेग्मी, नृपेश उप्रेती, प्रजय शुक्ल, प्रमिला लाबुंग राई, जानुका राई, भावना सुनुवार, मिलन तमु, सविन्द्रकुमार (एसके) गुरुङ र मिलन शर्मालाई मनोनित गरिएको छ ।

बैठकले समुदायसंगको अन्तरक्रिया कार्यक्रम आउंदो तीन महिनाभित्र मिडल्याण्ड र केन्टमा पुगेर गर्ने निर्णय गरेको छ । मिडल्याण्डमा शाखाका सदस्यहरु केशव भण्डारी, महेश अधिकारी, नृपेश उप्रेती र टिका अधिकारी तथा केन्टमा रमेश सरांकोटी, विश्वासदिप तिगेला, देवेन्द्र खेरेस, क्षेत्र वनेम, जानुका राई, ज्ञाम गुरुङ सहितका सदस्यहरुसंग विशेष समन्वयमा कार्यक्रम आयोजना गर्ने निर्णय गरिएको छ ।

दुई सातापछि पोखरामा आयोजना हुने नेपाल पत्रकार महासंघ केन्द्रको विधान सम्मेलनमा महासंघको वैदेशिक शाखासम्बन्धी विधान संशोधनका लागि शाखाबाट सुझाव पठाउन अध्यक्ष नरेश खपांगीलाई जिम्मा दिइएको छ ।

शाखाको स्थापना दिवसका सम्बन्धमा अध्ययन गरी प्रतिवेदन पेश गर्न महासचिव सञ्जयभक्त कंडेलको संयोजनमा संस्थापक अध्यक्ष नविन पोखरेल, पूर्व अध्यक्ष चिरन शर्मा ,उपाध्यक्ष विमला सेने र सदस्य विश्वासदिप तिगेला सदस्य रहेको समितिलाई जिम्मेवारी दिइएको छ ।
शाखाका सदस्यहरुको आइएफजेको प्रेस कार्डको लागि आवश्यक प्रक्रियाका सम्बन्धमा बुझ्ने र आवेदनहरुको संयोजन गर्ने जिम्मा महासचिव कंडेललाई लगाइएको छ ।
महासचिव सञ्जयभक्त कंडेलले सञ्चालन गरेको बैठकमा वरिष्ठ उपाध्यक्षद्धय ध्रुबराज अर्याल र श्याम लुइंटेल, उपाध्यक्ष विमला सेने, सचिवद्धय शिव भण्डारी र पुर्ण गुरुङ, सहकोषाध्यक्ष रोशन राई, सदस्यहरु जिवन सेन, खेमराज रानाभाट , नागेन्द्र नेम्वांग, अनिल मल्ल लगायतको सहभागिता रहेको थियो ।

तस्विर : शिव भण्डारी