२३ बैशाख २०८१, आईतवार
Follow Us

अख्तियारका आयुक्तलाई घुस खुवाउनेमाथि पनि कारबाहीको माग

sarusaru
६ फाल्गुन २०७५, सोमबार ११:१७

काठमाडौं । नेपाल इन्जिनियरिंग कलेजका शिक्षक तथा कर्मचारीहरुले गैरनाफामुलक रुपमा सञ्चालनमा रहेको कलेजलाई निजी बनाउन खुस खुवाउनेमाथि कारबाही गर्न माग गरेको छ । नेपाल इन्जिनियरिग कलेज शिक्षक तथा कर्मचारी संघर्ष समितिले संयुक्त विज्ञप्ति प्रकाशित गरी कलेजलाई निजीकरण गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकलाई ७८ लाख घुस खुवाउने कलेजका तत्कालिन अध्यक्ष लम्वोदर न्यौपानेसहितको समूहमाथि कारबाहीको माग राखेको हो । संयुक्त विज्ञप्तिमा शिक्षक संघर्ष समितिका संयोजक दुर्गाप्रसाद भण्डारी र कर्मचारी संघर्ष समितिका अध्यक्ष मनोहर खनालको हस्ताक्षर रहेको छ ।
कलेजको विषयमा समयसमयमा विभिन्न संचार माध्यमहरुमा आर्थिक अनियमिताबारे प्रकासित अडियो तथा भिडियोका समाचारहरुको सन्दर्भमा आफनो ध्यानाकर्षण भएको जनाउँंदै विज्ञप्तिमा कलेजका तत्कालिन अध्यक्षको हैसियतले सामाजिक संस्थालाई प्रालि बनाउन विभिन्न उच्च तहका पदाधिकारीहरुलाई आर्थिक प्रभाव तथा प्रलोभनमा पार्ने समूहमाथि कारबाहीको माग गरेको उल्लेख छ । यस्तो प्रकारको भिडियो सार्वजनकि भएसँंगै वास्तविक तथ्य छर्लंग भएको भन्दै विज्ञप्तिमा कलेजलाई बेची पैसा कमाउन खोज्नेमाथि कारबाही हुनुपर्ने माग राखिएको छ ।
कलेजर्लाइ निजी बनाई हडप्ने यस्तो दुराग्रह राखी गरेको षडयन्त्रले सिंगो नेपाल ईन्जिनियरिङ कलेज परिवार, नेपाल सरकार तथा देशकै साखमा आघात पुग्न गएको भन्दै विज्ञप्तिमा यसमा सरोकारवालाको ध्यानाकर्षण गरिएको छ । यही कुरालाई मध्यनजर गर्दै यस्ता कुकृत्य गर्ने–गराउने सम्वन्धित सबैलाई अविलम्ब कारवाहिको माग गरिएको छ । साथै यसमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालिन आयुक्त राजनारायण पाठकलगायत जिल्ला प्रशासन कार्यालय भक्तपुर, कम्पनी रजिष्ट्रारको कार्यालय त्रिपुरेश्वर र पाटन उच्च अदालतका सम्बन्धित पदाधिकारीहरुलाईसमेत कारवाहिको दायरामा ल्याउन माग गरिएको छ ।