२२ बैशाख २०८१, शनिबार
Follow Us

कमल थापाको पार्टीमा भाँडभैलो

नेपालब्रिटेन डट कम्
११ फाल्गुन २०७५, शनिबार १४:०१

काठमाडौं– कमल थापाले नेतृत्व गरेको पूर्वपञ्चको पार्टीे राप्रपाका एक महामन्त्रीसहित २२ जनाले पार्टी परित्यागको घोषणा गरेका छन् । महामन्त्री जयन्त चन्दसहित २२ जनाले पार्टी परित्याग गर्ने घोषणा गरेका हुन् ।
चन्दले आफूसहितका २२ नेताले राप्रपा परित्यागको निर्णय लिएको रातोपाटीलाई बताए । उनले रातोपाटीसँग भने, ‘विगतदेखि नै हामीले ३ वटै राप्रपा एक हुनुपर्छ भन्दै र प्रयास गर्दै आएका हौं तर सो प्रयास सफल हुन नसकेपछि १४ केन्द्रीय सदस्यसहित २२ जनाले पार्टी परित्यागको निर्णय लिएका छौं ।’
पार्टी परित्याग गर्नेमा महामन्त्री जयन्त चन्दसँगै भरत गिरी, दिनेश श्रेष्ठ, प्रह्लाद शाह, गोविन्द खनियाँ, भरत प्रसाद पाठक, सानुकाजी हेमा, चिरागमान सिंह कुँवर, रिता पोखरेल, सुन्दर खड्का, गणेश सिंह, बिन्दा गिरी, भरत बहादुर चन्द, गोपाल दाहाल, गणेश चन्द, मुकुन्द कार्कीलगायत रहेका छन् ।
पार्टी परित्याग गरेका सबै केही दिनमा राप्रपा प्रवेश गर्ने बताइएको छ ।