२ श्रावण २०८२, शुक्रबार
Follow Us

भारतमा अभिनन्दनको चर्चा

nepalbritain news
२१ फाल्गुन २०७५, मंगलवार ०९:१२

पाकिस्तानले हालै पक्रेर छाडिदिएका भारतीय सेनाका लडाकु विमान चालक अभिनन्दन वर्तमानको चर्चा भारतभरि ‘राष्ट्र नायक’का रूपमा छ।

त्यतिखेरै भिन्न प्रकृतिको देखिने उनको दाह्री-जुङ्गाको चर्चा समेत त्योभन्दा कम छैन। धेरै भारतीयले त्यस्तै नक्कल गरेका छन्।

पाकिस्तान प्रशासित कश्मीरमा खसालिएको भारतीय लडाकु विमान चालक वर्तमान पक्राउ परेको केही घण्टामै देशभरि नायकका रूपमा छाएका थिए।
शुक्रवार साँझ स्वदेश फर्कँदा उनलाई प्रत्यक्ष/अप्रत्यक्ष रूपमा तामझामपूर्ण स्वागत गरिएको थियो।

उनी सामाजिक सञ्जालहरूमा यतिधेरै चर्चित भए कि धेरै भारतीयले उनको जस्तो दाह्री-जुङ्गा हुनुलाई साहसको प्रतीकका रूपमा लिन थालेको बीबीसीले उल्लेख गरेकाे छ।

धेरै पढिएको