३१ बैशाख २०८१, सोमबार
Follow Us

वेष्ट मिडल्याण्डमा बालबालिकाका लागि नेपाली भाषा कक्षा सञ्चालन

नेपालब्रिटेन डट कम्
४ चैत्र २०७५, सोमबार १७:०१

लण्डन । बेलायतको वेष्ट मिडल्याण्डस्थित नेपाली समुदायमा नेपाली भाषा कक्षा सञ्चालन गरिएको छ ।
‘हाम्रो नेपाली समाज’ वेष्ट मिडल्याण्डले त्यहाँस्थित नेपाली बालबालिकाका लागि आइतबारदेखि नेपाली भाषा कक्षा सञ्चालन गरेको हो ।
३६ जना नेपाली विद्यार्थी रहेको सो कक्षा सञ्चालनको संयोजन आरसी भुषालले गरेका छन् ।
समाजका अध्यक्ष शिव खरेल र निवर्तमान अध्यक्ष मिलन सापकोटाले पानसमा बत्ती बालेर सुरुवात गरेको भाषा कक्षाको सफलताको लागि बेलायतका लागि नेपाली राजदूत डा राजदूत दुर्गा बहादुर सुवेदीले टेलिफोनबाटै शुभकामना मन्तव्य दिएका थिए ।

कक्षा संचालन सुरु गर्दै संस्थाका अध्यक्ष शिव खरेलले नेपाली भाषाको प्रवर्द्धनका लागि समाजको सक्रियतामा भाषा कक्षा सञ्चालन गरिएको जानकारी दिए । कार्यक्रमको संचालन डा कृष्ण सापकोटाले गरेका थिए ।
बालबालिकाहरुको लागि निशुल्क रुपमा सञ्चालित सो कक्षामा बिन्दु सापकोटा, लक्ष्मी खरेल, सम्झना न्यौपाने, गोमा पौडेल, आर्य शर्मा, गुरु भण्डारी, साबि पाण्डे, मनुक कंडेल, सरस्वती खत्री  र सीता लामिछाने स्वयम्सेवक शिक्षिकाको रुपमा कार्यरत रहेको बताइएको छ ।