महिला साफ च्याम्पियनसिप फुटबलको फाइनलमा नेपाल फेरि पराजित भएको छ । शुक्रबार भएको नेपाल भारतसँग ३–१ गोलले पराजित भएको हो ।
विराटनगरस्थित शहिद रंगशालामा भएको खेलमा भारतका लागि पहिलो गोल डालिमा चिभरले २६ औं मिनेटमा गरिन् ।
नेपालले ३३ औं मिनेटमा बराबरी गोल गर्यो । नेपालका लागि सावित्री भण्डारीले गोल गरेकी थिइन् ।
यस्तै पहिलो हाफ एक÷एक को बराबरीमा सकिएपनि दोस्रो हाफको १३ औं मिनेटमा भारतले अर्को गोल थप्यो । भारतका लागि ग्रासि डेग्मीले दोस्रो गोल गरेकी हुन् ।
त्यसपछि खेलमा फर्कने प्रयासमा रहेको नेपाललाई ७८ औं मिनेटमा अर्को धक्का लाग्यो । भारतका लागि ७८ औं मिनेटमा अञ्जु तामाङले तेस्रो गोल गरेकी हुन् ।
यो सँगै नेपालको जित्ने सपना चकनाचुर भयो ।