२२ बैशाख २०८१, शनिबार
Follow Us

लण्डनमा देउडा खेलियो

नेपालब्रिटेन डट कम्
११ चैत्र २०७५, सोमबार १५:३६

‘सुदूरपश्चिम नेपाली परिवार युके’को गठन

लण्डन – सुदुूपश्चिम प्रदेशका विभिन्न जिल्लाबाट वेलायत आएका नेपाली समुदायको भेलाले ‘सुदूरपश्चिम नेपाली परिवार युके’को गठन गरेको छ ।

वेस्टलण्डनमा शनिवारसम्पन्न साधारण भेलाले सुरेन्द्र ढुंगानाको अध्यक्षतामा नयाँ कार्यसमितिको गठन गरेको छ ।

कार्यसमितिको उपाध्यक्षमा खेमराज जोशी र शैली चन्द, महासचिव गणेश अधिकारी, उपमहासचिवमा योगेस महत र कोषाध्यक्षमा सृष्टि चन्द चयन भएका छन् ।

यस्तै सदस्यहरुमा नरेश जोशी, कल्पना जोशी ,आयुस चन्द ,बिज़य राजभण्डारी, जगदीश भट्ट, दिनेश पाल, तेज़ विक्रम शाही रहेका छन्।
१५ सदस्यीय कार्यसमितिको सल्लाहकारमा डा श्याम चन्द, वासुदेव जोशी, भान बहादुर चन्द, कोमल मल्ल ,राजेन्द्र जोशी ,पुष्पा शाही मल्ल र सिपी गिरी चुनिएका छन् ।

सो क्रममा पहिलो पटक यहाँ देउडा समेत खेलिएको थियो ।