२१ बैशाख २०८१, शुक्रबार
Follow Us

अध्यक्ष प्रचण्ड श्रीमतीको उपचार पश्चात स्वदेश फर्किँदै

sarusaru
१४ चैत्र २०७५, बिहीबार ०७:००

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष प्रचण्ड श्रीमती सीता दाहालको स्वास्थ्योपचार पश्चात आज स्वदेश फर्कँदै हुनुहुन्छ ।

अध्यक्ष, अध्यक्षका स्वकीय सचिव तथा छोरी गंगा दाहालसहितको टोली इतिहाद एयरवेजबाट आज अपरान्ह ४ बजे काठमाडाैं आइपुग्नु हुनेछ ।

अमेरिकामा श्रीमती सीता दाहालको Progressive Supranuclear Palsy (PSP) रोगको स्वास्थ्य जाँच पश्चात अध्यक्ष स्वदेश फर्कँदै हुनुहुन्छ ।