१ श्रावण २०८२, बिहीबार
Follow Us

भिक्षु अस्वघोषको निधन

nepalbritain news
२२ चैत्र २०७५, शुक्रबार १२:४७

काठमाडौँ। थेरवाद बुद्धधर्म भिक्षु महासङ्घका सङ्घनायक भिक्षु अस्वघोष महास्थवीरको शुक्रबार निधन भएको छ। मिर्गौला, रक्तचाप, मुटु, कलेजो, पिसाब, निमोनियालगायत समस्याबाट पीडित भिक्षुको ग्राण्डी अस्पतालमा उपचारका क्रममा शुक्रबार दिउँसो निधन भएको हो।

करीब आठ दशकदेखि बुद्धदर्शन र साहित्यको प्रवद्र्धनमा लागेका ९४ वर्षीय भिक्षु अस्वघोषले करीब १५० कृतिहरू प्रकाशित गरेकाे भिक्षु तपस्सीधम्मले जानकारी दिए। दिवङ्गत भिक्षु अखिल नेपाल भिक्षु महासङ्घको सल्लाहकारसमेत थिए।

भिक्षु तपस्सीधम्मका अनुसार भिक्षुको पार्थीव शरीरलाई सर्वसाधारणको दर्शनका लागि आजै साँझबाट ढल्कोस्थित संघराम बिहारमा राखिने छ। महासङ्घको आपतकालीन बैठक साँझ ५ बजे बोलाइएको छ।
रासस

धेरै पढिएको