सिरहा । सिरहाको कल्याणपुर नगरपालिकाका नगर प्रमुख रामपुकार साह पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबासबाट खटिएको टोलीले बुधबार दिउँसो उनलाई एक लाख रुपैयाँ घुससहित रंगेहात पक्राउ गरेको हो ।
दिउँसो करिब पौने दुई बजे साह उपभोक्ता समितिबाट पूर्ण भुक्तानीका लागि एक लाख रुपैयाँ घुस लिइरहेको अवस्थामा रंगेहात पक्राउ परेको अख्तियारले जनाएको छ ।
पक्राउ परेका साहमाथि थप अनुसन्धान अघि बढाइएको अख्तियारले जनाएको छ ।