१ श्रावण २०८२, बिहीबार
Follow Us

एमाले सचिवालय बैठक बस्दैँ, बिधान मस्यौदामा प्रारम्भिक छलफल हुने

नेपालब्रिटेन संवाददाता
१ श्रावण २०८२, बिहीबार ०३:३४

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक बस्दैँछ । च्यासलस्थित, नेकपा एमालेको केन्द्रिय कार्यालयमा उक्त बैठक बस्नेछ । बैठक बिहीबार दिउँसो १ बजेका लागि बोलाइएको छ ।

प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार भदौ २० देखि २२ गतेसम्म आयोजना गरिने विधान महाधिवेशनको प्रारम्भिक तयारीका विषयमा छलफल गर्नका लागि आज बैठक बस्न लागेको हो । सो बैठकमा विधान मस्यौदामाथि प्रारम्भिक छलफल हुनेछ।

प्रमुख नेतृत्वमा ७० वर्षे उमेर हद र कार्यकारी पदमा दुई कार्यकालको व्यवस्था राख्ने वा हटाउने भन्नेबारे पार्टीभित्र फरक फरक मत प्रकट भइरहेको बेला यो सचिवालय बैठक बस्न लागेको हो ।

धेरै पढिएको