२१ बैशाख २०८१, शुक्रबार
Follow Us

विकिलिक्स संस्थापक लन्डनमा समातिए

sarusaru
२८ चैत्र २०७५, बिहीबार १२:२१

वेबसाइट विकिलिक्सका संस्थापक जुलिअन असान्ज पक्राउ परेका छन् । उनले शरण लिइरहेको लन्डनस्थित एक्वेडोरको दूतावासबाट गिरफ्तार गरिएको बताइएको छ।
अमेरिका र अन्य देशका गोप्य दस्ताबेजहरू इन्टरनेटमा सार्वजनिक गरेर उनी चर्चित भएका थिए ।

४७ वर्षीय असान्जले सात वर्षअघि उक्त राजदूतावासमा शरण लिएका थिए।

यौन दुर्व्यवहारसम्बन्धी एक मुद्दामा स्वीडेन सुपुर्दगी गरिनबाट जोगिन उनी सन् २०१२ देखि एक्वेडोरको दूतावासमा बसिरहेका थिए।

लन्डनको मेट्रोपोलिटन प्रहरीले जनाएअनुसार जुलिअन असान्जलाई हिरासतमा लिइएको छ र उनलाई वेस्टमिन्स्टर मजिस्ट्रेट्स अदालतमा चाँडोभन्दा चाँडो प्रस्तुत गरिनेछ।

उनलाई अदालतसमक्ष उपस्थित हुन अस्वीकार गरेपछि त्यसरी पक्रन परेको प्रहरीले बताएको छ।