१६ बैशाख २०८१, आईतवार
Follow Us

लागूऔषधसहित ३ जना पक्राउ

sarusaru
१२ बैशाख २०७६, बिहीबार ०१:५८

काठमाडौं । काठमाडौं चन्द्रागिरी नगरपालिका–२ नागढुंगाबाट सुर्खेत बीरेन्द्रनगर नगरपालिका–२ का २४ वर्षीय मिनबहादुर बोगटीलाई अवैध लागूऔषध ब्राउन सुगर २ ग्राम सहित बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

नेपालगंजबाट काठमाडौंतर्फ आउँदैगरेको ना.५ ख ८९४६ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवारबोगटीलाई उक्त लागूऔषध सहित फेला पारी प्रहरीले पक्राउ गरेको हो ।

यसैगरी काठमाडौं, बुढानिलकण्ठ नगरपालिका–१० कपन मिलनचोकस्थित सडक किनाराबाट नियन्त्रित मनोद्धिपक लागूऔषध नाईट्राजेपाम (नाईट्राभेट) १ हजार ८९ ट्याब्लेट, कोडाइन, फोसफेट एण्ड कोरफेनिरमाइन मेल्टा सिरप १ सय एमएलको बोतल ६ थान सहित २ जनालाई मंगलबार दिउसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा महोत्तरी मनरा सिसवा नगरपालिका–१० का ३० वर्षीय बिशालकुमार झा र सिन्धुपाल्चोक मेलम्ची नगरपालिका९ का २३ वर्षीय राम कार्की रहेका छ्न् । लागूऔषध नियन्त्रण व्यूरो काटेश्वरबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
डिसी नेपाल