१६ बैशाख २०८१, आईतवार
Follow Us

सरकारले माग्यो स्थानीय तहमा रिक्त कर्मचारी विवरण

sarusaru
१२ बैशाख २०७६, बिहीबार ०२:१९

सरकारले स्थानीय तहमा रिक्त रहेका कर्मचारीको विवरण माग गरेको छ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहका दरबन्दीमा पदपूर्ति हुन बाँकी रहेका कर्मचारी संख्या मन्त्रालयमा जानकारी गराउन पत्राचार गरेको हो।

मन्त्रालयका शाखा अधिकृत किरण थापाले स्थानीय तहहरूलाई बुधबार पत्र पठाएर कर्मचारी समायोजनपछि रिक्त रहेका कर्मचारी दरबन्दीको विवरण खुलाइ मन्त्रालयमा जानकारी पठाउन आग्रह गरेका छन्।

साथै, मन्त्रालयले पदपूर्ति गर्नुपर्ने रिक्त पद संख्या, यस आर्थिक वर्षभित्र अनिवार्य अवकाश हुने, मृत्यु भएको वा अन्य कुनै कारणले सेवाबाट बर्खास्त भइ खाली रहेका पदसमेत समावेश गरी कर्मचारी माग फारम भरेर पठाउन भनेको छ।

प्रदेश लोक सेवा आयोग गठन नहुञ्जेल सरकारले केन्द्रबाट नै लोक सेवा आयोगबाट कर्मचारी प्रदेश र स्थानीय तहमा पठाउने तयारी गरेको छ।
सेतोपाटी