१२ असार २०८३, शुक्रबार
Follow Us

शेयर बजार : चार अङ्कले घट्यो

nepalbritain news
१९ बैशाख २०७६, बिहीबार १३:५१

काठमाडौँ : शेयर बजार ओरालो लाग्नेक्रम आज पनि जारी रह्यो । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ४.२१ बिन्दुले घटेर एक हजार २९४.३९ बिन्दुमा झरेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक १.२८ बिन्दुले घटेर २७७.८२ बिन्दुमा झरेको छ । कारोवार रकममा समेत उल्लेख्य अङ्कले घटेको छ । कूल १७० कम्पनीको १८ लाख तीन हजार २६ कित्ता शेयर रु ५८ करोड ७८ लाख ५५ हजार ११३ मूल्यमा खरीद बिक्री भए ।

कारोवार भएका दश उपसमूहमध्ये आज तीन उपसमूहको मात्रै शेयर बढेको छ भने सात उपसमूहको शेयर ओरालो लागेको छ । होटल १३.६३, निर्जीवन बीमा ३७.५५ र उत्पादन ३८.०८ बिन्दुले बढेको छ । यस्तै बैंकिङ ६.६७, विकास बैंक १०.३२, जलविद्युत् ४.५०, वित्त ३, अन्य १.३४, लघुवित्त ६.९ र जीवन बीमा १८.६८ बिन्दुले घटेको छ । कारोवार रकमका आधारमा नेपाल बैंक लिमिटेड शीर्ष स्थानमा रहेको छ । प्रतिकित्ता रु ३१४ मा रु चार करोड ७२ लाख आठ हजार ५२३ मूल्यमा कारोवार भएको छ ।

यस्तै दोस्रो स्थानमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी रहेको छ । प्रतिकित्ता रु एक हजार तीनमा रु दुई करोड ६६ लाख १५ हजार १३५ मा सो कम्पनीको शेयर कारोवार भयो । यस्तै शिवम् सिमेन्ट रु दुई करोड ५२ लाख १७ हजार २८२, सिभिल बैंक रु दुई करोड दुई लाख ६६ हजार ९९१, छिमेक लघुवित्त वित्तीय संस्था रु एक करोड ९४ लाख ५३ हजार ७२८ बराबरको कारोवार भई शीर्ष स्थानमा रहे ।

स्टकका अनुसार हिमालयन डिस्टिलरीका शेयरधनीले ५.२७ प्रतिशतले कमाए । यस्तै शिवम् सिमेन्ट ४.८८, युनिभर्सल पावर कम्पनी ४.०८, बोटलर्स नेपाल तराई ३.७९, प्रभु बैंकको संस्थापक शेयरधनीले ३.७७ प्रतिशतले कमाएका छन् । यस्तै युनाइटेड मोदी हाइड्रो पावर ५.०४, नवील इक्विटी फण्ड ४.९४, एक्सेल डेभलपमेन्ट बैंक ४.७६, सिन्धु विकास बैंक ४.४१, रैराङ हाइड्रो पावरका शेयरधनीले ४.१२ प्रतिशतले गुमाएका छन् ।
रासस

धेरै पढिएको