२६ बैशाख २०८१, बुधबार
Follow Us

अप्रत्याशित हावाहुरीले फेवातालमा आयो छाल

नेपालब्रिटेन डट कम्
२९ बैशाख २०७६, आईतवार १६:१२

पोखरा–पोखरामा आइतबार साँझ भीषण हावाहुरी आएको छ । हावाहुरीका कारण फेवातालमा अप्रत्याशित रुपमा छाल आएको छ । प्रत्यक्षदर्शीका अनुसार समुन्द्रको झल्को दिने गरी छाल आएको थियो ।
छालले फेवातालमा पार्किङ गरेर राखिएका करीब ५ दर्जनको हाराहारीमा डुंगाहरु डुबेको बताइएको छ । यद्यपी कुनै मानवीय क्षति भने भएको छैन ।

यसैबीच हावाहुरीका कारण तालबाराही दर्शन गर्न पुगेका पर्यटक एक घण्टासम्म मन्दिरमै रोकिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
उनीहरुलाई हावाहुरी कम भएपछि सशस्त्र प्रहरी र डुंगा चालकले उद्दार गरेका थिए ।