२६ बैशाख २०८१, बुधबार
Follow Us

को बन्छ करोडपतिमा राजीव जैनले जिते एक करोड

नेपालब्रिटेन डट कम्
२९ बैशाख २०७६, आईतवार १७:०७

काठमाडौं– नेपाली संस्करण को बन्छ करोडपतिमा राजीव जैनले एक करोड जितेका छन् ।
मोरङ विराटनगरका जैनले कार्यक्रममा सोधिएको १५ वटै प्रश्नको सही जवाफ दिँदै एक करोड जितेका हुन् ।

शनिबारको एपिसोडमा उनले निरन्तर १३ प्रश्नको सही जवाफ दिँदै २५ लाख जित्दा निर्धारित समय सकिएको थियो । त्यसपछि आइतबार बाँकी २ वटा प्रश्नको पनि सही उत्तर दिए ।
अहिलेसम्म यो संस्करणको कार्यक्रममा यति धेरै प्रश्नको उत्तर मिलाउने जैन पहिलो भएको कार्यक्रम होस्ट नायक राजेश हमालले बताए ।