२६ बैशाख २०८१, बुधबार
Follow Us

मिडल्याण्डमा नेप्लिज सेफ एशोसिएसनले भोलि भव्य कार्यक्रम गर्दै

नेपालब्रिटेन डट कम्
२९ बैशाख २०७६, आईतवार १९:०२

लण्डन । धादिङको नीलकण्ठ नगरपालिका १४ स्थित धुवाँकोटमा रहेको तमैरातमाटे माध्यामिक विद्यालयमा पुस्तकालय स्थापना गर्न भोलि सोमवार भव्य च्यारिटी कार्यक्रमको आयोजना हुने भएको छ ।

संस्थापक अध्यक्ष कृष्ण तिमल्सिनाका अनुसार कार्यक्रममा वेलायतका बिभिन्न शहरबाट नेपालीहरुले सहभागी जनाउने भएका छन् । कार्यक्रमको सबै तयारी पूरा भएको उनले जानकारी दिए ।

नेप्लिज सेफ एशोसिएसन युकेको आयोजनामा मिडल्याण्डको ओल्डवरीस्थित द स्यामसन ब्यांकेटिङमा सो च्यारिटी कार्यक्रमको आयोजना गर्न लागिएको हो ।
भूकम्पले ध्वस्त बनेको सो विद्यालय यसअघि पुनर्निर्माण सम्पन्न भइसकेपनि बजेट अभावमा पुस्तकालय निर्माणको उद्देश्यले सो कार्यक्रम गर्न लागिएको  तिमल्सिनाले जनाए ।

भवन समेत बनिसकेर पनि रकम अभावले पुस्तकालय त्यसै अलपत्र रहेको पाइएपछि एशोसिएसनका संस्थापक अध्यक्ष तथा समाजसेवी कृष्ण तिमल्सिनाको पहलमा च्यारिटी कार्यक्रमको आयोजना गर्न लागिएको हो ।

एशोसिएसनमा तिमल्सिना नेतृत्व रहँदा नै सो स्कुलको पुस्तकालयलाई सहयोग गर्ने निर्णय भएको थियो ।

संस्थापक अध्यक्ष तिमल्सिनाका अनुसार पुस्तकालयलाई करीब १० लाखको हाराहारीमा सहयोग गर्ने लक्ष्य लिइएको छ ।

बर्मिङहमको ओल्डवरीस्थित द स्यामसन ब्यांकेटिङ सुटमा हुने कार्यक्रममा चर्चित कलाकारहरु प्रिति आले, कुलेन्द्र बिक, अर्जुन काफ्ले, दीपाशा जलपरीलगायतको विशेष प्रस्तुती रहने कार्यक्रम संयोजक कृष्ण ढकालले जानकारी दिए ।

कार्यक्रममा १० पाउण्डको टिकट तय गरिएको छ भने ५ देखि १० वर्ष मुनीका बालबालिकाको हकमा ७ पाउण्डको तय गरिएको छ । सेफ एशोसिएसन बेलायमा क्रियाशिल सबै नेपाली सेफहरुलाई संगठित गर्ने प्रमुख लक्ष्य बोकेको संस्था हो ।