२२ बैशाख २०८१, शनिबार
Follow Us

शैक्षिक प्रमाणपत्र धितोको कर्जा कार्यक्रम अलपत्र, अहिलेसम्म ६ जनाले मात्रै लगे

नेपालब्रिटेन डट कम्
३२ जेष्ठ २०७६, शनिबार ०३:०४

काठमाडौं। शिक्षित युवालाई स्वरोजगार बनाउन सरकारले ल्याएको शैक्षिक प्रमाणपत्र धितो राखेर कर्जा पाउने व्यवस्थाको प्रभावकारी कार्यान्वयन हुन सकेको छैन । सो व्यवस्थाअनुसार कर्जा पाउन नसकेकोे युवाले गुनासो गर्दै आएका छन् ।

पाँच प्रतिशत ब्याजदरमा प्राप्त हुने यस्तो कर्जा दिन बैंकले नै चासो नदेखाएपछि युवाहरू पीडित बनेका हुन् । राजधानी दैनिकमा खबर छ ।
राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण लिनेको संख्या ६ रहको छ । एकातिर बैंकले कर्जा लिन आएनन् भन्ने तर अर्कातिर नियतवश कर्जा नदिएर दुःख दिने गरेकाले राष्ट्र बैंक पनि सक्रिय हुन थालेको छ । राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले पछिल्लो समय यस्तो कर्जा नपाएको गुनासो बढ्न थालेको बताए ।