२८ बैशाख २०८१, शुक्रबार
Follow Us

नाकामै विषादी परीक्षणको माग राख्दै नेविसंघको प्रदर्शन

नेपालब्रिटेन डट कम्
२७ असार २०७६, शुक्रबार १५:०४

काठमाडौं–नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले पुतलीसडकमा प्रदर्शन गरेको छ ।

सरकारले तरकारी र फलफूलमा हुने विषादी परीक्षण गर्ने कार्यबाट पछि हटेको विरोधमा शुक्रबार दिउँसो नेविसंघले विरोध प्रदर्शन गरेको हो ।

विदेशबाट आयात गरिने तरकारी तथा फलफुलको नाकाहरुमै विषादी परिक्षणको व्यवस्था गरिनुपर्ने माग राखेका छन् ।
शंकर देव क्याम्पसका नेविसंघका लोकप्रिय नेता दीपक ओझाको नेतृत्वमा नेविसंघले सरकार विरुद्ध प्रदर्शन गरेको हो ।
नाकामा तरकारी र फलफूलमा हुने विषादी परीक्षण पुनः नगरेसम्म नेविसंघले आन्दोलन जारी राख्ने नेविसंघ नेता बबि जोशीले बताए ।
विद्यार्थी नेताहरु अमोद अधिकारि, अरुण के सि , छ्त्र रावल , जिवन बिष्ट, मिलन खतिवडा, सिजन खड्का, कृष्ण बोहरा , सोम राज मल्ल लगायतको उपस्थिति रहेको थियो