भिएना । स्पोर्ट क्लब हेलसिन्की फिनल्याण्डले मे ११ (भोलि) युरोपस्तरीय भलिबल प्रतियोगिताको आयोजना गर्दैछ ।
सो प्रतियोगिताको लागि अष्ट्रियामा रहेका गैरआवासीय नेपालीहरुले दुई सशक्त भलिबल टिमको घोषणा गरेका छन्
नेपाल आदिवासी जनजाती महासंघ अष्ट्रीयाको पहलमा नेपाली भलिबल प्रतियोगितामा भाग लिनको लागि संस्थाका अध्यक्ष तुल बहादुर गुरुङ खेलाडीहरु लिएर आज हेलसिन्की प्रस्थान गरेका छन्।
क्याप्टेन किरण लाल श्रेष्ठ रहेको टिमका खेलाडीहरु गणेश थापा, रिम बहादुर खड्का (रमेश) बिकाश बिक, खिम बहादुर कार्की, लोक बहादुर श्रेष्ठ, थर भण्डारी, किरण बहादुर भण्डारी, रोशन घिसिङ्ग र (टिम म्यानेजर) र भुपेन्द्र गुरुङ रहेका छन्।
त्यसै गरी प्रतियोगितामा सहभागी हुन अष्ट्रियाको इन्स्ब्रुकमा केन्द्रीय कार्यालय रहेको नेपाली युरोपियन खेलकुद संघ (एनईएससी) पनि प्रस्थान गरेको छ।
एनईएससीका तर्फबाट अञ्जन अधिकारीको कप्तान रहेका छन् भने खेलाडीहरुमा ख्याम विक, आङ कामी लामा, गर टेम्बा शेर्पा, राजु विश्वकर्मा, प्रेम विश्वकर्मा, पासाङ निमा शेर्पा (म्याजेजर) सुनिल दियाली, कृष्ण विश्वकर्मा, विवेक बजगाईं, विकास विक, रोहित विश्वकर्मा, नारायण कार्की, अमृत तिवारी रहेको एनईएससीका अध्यक्ष दिलकुमार घमालले जानकारी दिए ।
एनईएससी सल्लाहकार संयोजकमा रुपमा एनआरएन अष्ट्रियाका निवर्तनमान आइसिसि सदस्य विकास कार्की र डा किशोर कमल पनि फिनल्याण्ड प्रस्थान गरेका छन्।
आफ्ना उत्कृष्ट खेलाडीहरु सहभागी भएको सो प्रतियोगितामा खेलाडीहरुको मनोबल बढाउन जनजाती महासंघ अष्ट्रियाका पूर्व अध्यक्ष नबिन गुरुङ, एनआरएन अष्ट्रीयाका अध्यक्ष धुर्व पौडेल, महासचिव डाइमण्ड राई, आइसीसी सदस्य मनोज बिस्ट पनि खेलाडी टोलीका साथ फिनल्याण्ड प्रस्थान गरेका छन्।