२२ बैशाख २०८१, शनिबार
Follow Us

बाढीपहिरोबाट यसरी बच्न सकिन्छ

नेपालब्रिटेन डट कम्
२८ असार २०७६, शनिबार ०३:०५

–बाढीको जानकारी लिन पूर्वानुमान शाखाको पैसा नलाग्ने नम्बर ११५५ मा फोन गरेर बुझ्नुपर्छ ।

–पूर्व र मध्य तराई क्षेत्रका नदीहरूमा जलको बहावस्तर बढ्न सक्ने भएकाले उच्च सतर्कता अपनाउन मौसमविद् मीनकुमार अर्यालले आग्रह गरेका छन् ।

– देशभर हवाई तथा सडक यातायातमा समेत अवरोध आउन सक्ने भएकाले स्थानीय ठाउँमै विकल्प खोज्ने किसिमको योजना बनाई उच्च सतर्क रहन उनले सुझाव दिएका छन् ।

– मौसमविद्का अनुसार बाढीबाट जोगिन नदी तटीय क्षेत्रमा बस्न हुँदैन ।

–गाउँ र बस्तीमा बाढी आएमा उचो भूभागमा जानुपर्छ ।

–समूहमा बस्नुपर्छ ।

–उचो भूभागमा जाने ठाउँ छैन भने आफ्नो घरको माथिल्लो भागमा बस्नुपर्छ ।

–जल तथा मौसम पूर्वानुमान विभागले २४सै घण्टा मौसमी गतिविधि अपडेट गरिरहेको हुनाले त्यसको जानकारी लिनुपर्छ ।

–सञ्चारमाध्यबाट आएको सूचनालाई आधार मानेर सतर्क भएर बस्नुपर्छ ।

–सुरक्षित ठाउँको पहिचान पहिले नै गर्ने र बाढी आइहाले त्यो ठाउँमा जानुपर्छ ।

–ठूलो पानी परेपछि जमिन कमजोर हुने भएकाले भिरालो जमिनमा बस्दा उच्च सतर्कता अपनाउनुपर्छ ।

–पहिले पहिरो गएका ठाउँमा फेरि पनि पहिरो जाने सम्भावना धेरै हुने भएकाले त्यस्ता ठाउँको पहिचान गर्नुपर्छ ।

–रातमा ठूलो पानी परिरहे जागै बस्नुपर्छ ।