८ आश्विन २०८२, बुधबार
Follow Us

यातायात कार्यालयको आल्मोनियम काउण्टर तोडफोड गर्ने पक्राउ

nepalbritain news
५ श्रावण २०७६, आईतवार ०१:५९

काठमाडौं । काठमाडौं महानगरपालिका ४ सुकेधारास्थित यातायात व्यवस्था कार्यालयमा आल्मोनियमको काउण्टर तोडफोड गर्नेलाई प्रक्राउ गरेको छ।

काठमाडौं अत्तरखेल बस्ने दोलखा भिमेश्वर नगरपालिका ८ घर भएका २३ वर्षीय सुजन तामाङलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।

राजश्व तिर्न लाईनमा बसेका मानिसहरूलाई यातायातका कर्मचारीले उक्त दिन दिउँसो १२ बजेसम्म मात्र राजश्व तिर्न पाईन्छ भन्ने जानकारी गराए पश्चात लाईनमा बसेका तामाङले हो–हल्ला गर्नुका साथै विबाद गरी राजश्व तिर्ने उक्त काउण्टर तोडफोड गरेका थिए।

तामाङलाई महानगरीय प्रहरी वृत्त महाराजगंजबाट खटिएको प्रहरीले पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
डिसी नेपाल

धेरै पढिएको