१६ बैशाख २०८१, आईतवार
Follow Us

प्रहरीलाई आर्थिक प्रलोभनमा पार्ने खोज्ने नियन्त्रणमा

नेपालब्रिटेन डट कम्
७ श्रावण २०७६, मंगलवार १३:५९

महानगरीय प्रहरी वृत्त जगातीबाट सुर्यविनायक नगरपालिका-५ घलाते चोकमा डियुटीमा खटिएको प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने बा.४४ प. २०१४ नम्बरको मोटरसाईकल चालक भक्तपुर सुर्यविनायक बस्ने सिन्धुपाल्चोक जुगल गाउँपालिका-७ का मिन बहादुर तामाङलाई पक्राउ गरेको छ । प्रहरीले यही ६ गते २२:०० बजे चेकजाँच गर्दा तामाङले मादक पदार्थ सेवन गरेकाले कारबाही गर्न खोज्दा प्रहरीलाई नगद रू १ हजार दिई आर्थिक प्रलोभननमा पारी कारवाहीबाट बच्न खोजेका थिए । नगद सहित निजलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरिरहेको छ ।