२५ बैशाख २०८१, मंगलवार
Follow Us

विप्लव कार्यकर्ता कुवँर बुर्तिबाङमा पक्राउ

sarusaru
२० श्रावण २०७६, सोमबार ०२:५६

बागलुङ  – नेकपा विप्लव कार्यकर्ता हरी बहादुर कुवँरलाई प्रहरीले गिरफ्तार गरेको छ । बुर्तिबाङ बजारबाट पक्राउ गरिएका कुवँर, नेकपाका बागलुङ जिल्ला सदस्य रहेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी उपरीक्षक नवराज भट्टले जानाकारी दिए । बुर्तिबाङ बजारमा औषधि व्यवसाय गर्दै आएका कुवँरलाई, इलाका प्रहरी कार्यालय बुर्तिबाङले गत शनिबार आफ्नै निवासबाट पक्राउ गरेको हो । गत साउन १६ गते राति सरकारद्धारा प्रतिबन्धित, नेत्र बिक्रम चन्द ‘विप्लब’ नेतृत्वको नेकपाले दुरसंचार सेवा प्रदायक कम्पनी एनसेलको टावरहरुलाई निशाना बनाएर आगजनी गरेको थियो । सोही क्रममा बागलुङको निसीखोला गाउँपालिका वडा नम्बर ७ राजकुतमा रहेको एनसेलको टावरमा आगजनी गराएको आरोपमा, कुवँरलाई प्रहरीले गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी उपरीक्षक भट्टले बताए । ‘आवश्यक अनुसन्धानका लागि कुवँरको मोवाईल फोन काठमाण्डौमा पठाइसकिएको छ, रिपोर्ट आएपछि, त्यसको आधारमा आवश्यक कार्वाही अघि बढ्ने उनको भनाई छ । नेपाल सरकारले संविधान विपरीतको कार्य गरेको आरोपमा, प्रतिवन्धित गरेको नेकपा विप्लव समुहका कार्यकर्तालाई गिरफ्तार गर्न केन्द्रबाटै निर्देशन आएको र उनीहरुको गतिविधिको आधारमा नियन्त्रणमा लिइएको प्रमुख जिल्ला अधिकारी लुकबहादुर क्षेत्रीले बताए । ‘आवश्यक छानविन र अनुसन्धान हुन्छ । अनुसन्धानका आधारमा कार्वाही प्रक्रियामा जाने उनले बताए ।’ कुवँरलाई जिल्ला प्रहरी कार्यालय बागलुङ मै राखेर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।