२१ बैशाख २०८१, शुक्रबार
Follow Us

ईश्वरद्धारा एनआरएनए पोर्चुगलको निर्वाचनमा अध्यक्ष पदमा उम्मेद्वारी

नेपालब्रिटेन डट कम्
३२ श्रावण २०७६, शनिबार ०५:५५

लिस्बन । गैर आवासिय नेपाली संघ (एनआरएनए) पोर्चुगलको अध्यक्ष पदमा चितवनका युवा ईश्वर रिजालले उम्मेदवारी दिएका छन् । विगत आधादशकदेखि पोर्चुगलमा बस्दै रिजाल सामाजिक रुपमा समेत यहाँ चर्चीत छन् । आगामी २०१९ देखि २०२१ सम्मको कार्यकालको लागि यहि अगस्ट २५ तारिकमा निर्वाचन हुँदै छ । लोकप्रिय युवा रिजाल हाल उपाध्यक्ष रहेकोमा आगामी कार्यकाल ९२०१९ २०२१० का लागि अध्यक्ष पदमा आफ्नो उम्मेदवारी घोषणा गरेका छन् ।
परिर्वतनका लागि युवा, युवामैत्री एनआरएन भन्ने चुनावी नारा दिएर उठ्न लागेको हुँ रिजालले भने समग्र नेपालीको हितका लागि नयाँ ढंगबाट काम गर्ने सोच छ । पोर्चुगलमा रिजाल एक सफल युवा व्यवसायीका रुपमा स्थापित छन् । बाग्लुगंमा जन्मिएर चितवन घर भई हाल हाल पोर्चुगलमा बसोबास गर्दै आइरहेका रिजालको नाम पोर्चुगलमा टर्न्पोर्ट कम्पनी ९युविईआर० सञ्चालन गरिरहेका छन् ।