१८ बैशाख २०८१, मंगलवार
Follow Us

हल्का रमाइलोको कारण राजु र बल्छी दङ्ग

sarusaru
२५ भाद्र २०७६, बुधबार ०२:१९

‘मेरी बास्सै’को टिमबाट अलग भएपछि बल्छी धुर्बे र राजुमास्टर को निर्देशन तथा दीपक शर्माको व्यवस्थापनमा करिब ६ महिनापछि सँगै हाँस्यव्यंग्य टेलिश्रृंखलामा हल्का रमाइलो आइतबार प्रसारण भइसकेको छ । । उनीहरुको संयुक्त लेखन तथा निर्देशन रहेको ‘हल्का रमाइलो’ टेलिश्रृंखला नेपाल टेलिभिजनबाट हरेक आइतवबार राति ८ः५० बजे प्रसारण हुन्छ ।

पहिलो श्रृङ्खला बल्छी धुर्बेको युट्युब च्यानलमा पनि राखिएको छ । बुधबार बिहानसम्म सात लाखभन्दा बढी भिअर्स पाएपछि धुर्बे र राजुको टिम दंग थियो । त्यस्तै कमेन्टमा आएका सकारात्मक प्रतिक्रियाका कारण उनीहरुलाई उर्जा थपिएको हल्का रमाइलो टिम बताउँछन् ।