१२ बैशाख २०८१, बुधबार
Follow Us

एनआरएन निर्वाचनमा दलिय उम्मेदवारलाई भोट नदिनुहोस् : डा. उपेन्द्र महतो, संस्थापक अध्यक्ष (भिडियो)

नेपालब्रिटेन डट कम्
१९ आश्विन २०७६, आईतवार २०:५७

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) का संस्थापक अध्यक्ष डा. उपेन्द्र महतोले एनआरएनए सबैको साँझ संस्था भएकोले राजनीति भन्दा टाढा राख्नु पर्नेमा वताएका छन् ।

डा. महतोले क्यानाडा नेपाल डट कमको एक अन्तरवार्तामा गैरआवासीय नेपाली संघ विश्वभर छरिएको संजाल भएकोले यसभित्र राजनीतिक दलको प्रभाव पर्न नसक्ने वताए ।
उनले राजनीति दलका नेताहरुले समेत संघलाई सबैले एउटै संस्थाको रुपमा लिएको जिकीर गरे । उनले कुनै पनि दलको भातृसंस्था भएर गैरआवासीय नेपाली संघले काम गर्न नसक्ने वताए । उनले संघ भित्र राजनीतिक दलको अजेन्डा स्थापित हुन नसक्ने वताए ।

उनले एनआरएन राजनैतिक दलको लागि प्लेटर्फम नभएर देश बनाउने योजना सहित अघि आएको वताए । उनले आगामि निर्वाचनमा स्वविवेग प्रयोग गर्न प्रतिनिधीलाई आग्रह गरे ।