१८ बैशाख २०८१, मंगलवार
Follow Us

परिवर्तनकर्तालाई अप्ठ्यारो पर्न सक्ने पूर्वराजा ज्ञानेन्द्रको चेतावनी

नेपालब्रिटेन संवाददाता
१३ कार्तिक २०७६, बुधबार ०२:५९

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले परिवर्तनकर्तालाई अप्ठ्यारो पर्न सक्ने चेतावनी दिएका छन् । हिजो भाइ टीकाको अवसरमा बहिनी शोभा राज्यलक्ष्मी देवी शाहीको निवास कमलादी पुगेर टीका लगाइसकेपछि सर्वसाधारणका अगाडि यस्तो अभिव्यक्ति दिएका हुन् । उनले भने, ‘जुनसुकै पनि परिवर्तन हुँदाखेरी दुईटा महत्वपूर्ण कुरा हुनुपर्छ । एउटा प्रवृत्ति र अर्को विकास । यी दुईटा कुरालाई मनन गरेन र बुझेन भने पविर्तनको माने हुँदैन, परिवर्तनकर्ताहरुलाई अप्ठ्यारो पर्न सक्छ’ ।

पूर्वराजा शाहले देशमा परिवर्तनका लागि बिकास र प्रगति आवश्यक रहेको बताएका छन् । विकास भनेको कुरा सर्वसाधारणले सजिलोसँग सरल ढंगले अनुभव गर्नुपर्ने कुरा हो तर आज कसैको कुरा काट्ने वा खुट्टा तान्ने दिन होइन । आज परिवारजनसँग शान्त सुखद वातावरणमा बस्ने अवसरको दिन भएको उनले बताए ।

तिहारका अवसरमा आम नेपालीलाई शुभकामना ब्यक्त गर्दै उनले धन हुनेलाई मन र मन हुनेलाई नेपालीपन प्राप्त होस भन्ने कामना गरे ।