१८ बैशाख २०८१, मंगलवार
Follow Us

जनगायक शर्मालाई गल्कोट समाज यूकेको तीन लाख सहयोग

नेपालब्रिटेन डट कम्
२९ कार्तिक २०७६, शुक्रबार १८:५४

लन्डन । गल्कोट समाज यूकेले जनगायक जीवन शर्माका छोराको उपचार सहयोगार्थ तीन लाख एक रुपैयां प्रदान गरेको छ । समाजले विभिन्न ८७ जना दाताहरुबाट संकलित रकम दुई चरणमा गायक शर्मालाई काठमाडौंस्थित निवासमा हस्तान्तरण गरेको हो ।

समाजका सल्लाहकार विष्णु चालिसे र सदस्य दुर्गा खड्काले सहयोग रकम हस्तान्तरण गरेको समाजसेवी राजु बोहराले जानकारी दिए । गायक शर्माको आर्थिक अवस्था दयनीय र छोराको स्वास्थ्यस्थिति जटिल अनि खर्चिलो भएपछि परिवारबाट सहयोग अपिलसंगै गल्कोट समाज यूकेले ‘मानवसेवा नै धर्म हो’ भन्ने भावनाबाट ओतप्रोत भएर चन्दा संकलन थालेको थियो ।

१५ दिनको अभियानमा स्वतस्फूर्त दान गर्ने सबैप्रति समाजले कृतज्ञता व्यक्त गरेको छ ।